७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

काठमाडौं, असोज ३ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमध्य ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । तीन वटा वडाकाे नतिजा सार्वजनिक हुँदा दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी भएका छन् । 

सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्।

याे पनि पढ्नुस  लालपुर्जा दिनेलाई सिमराका मतदाताकाे भोट

र्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी  भएका हुन् ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।

याे पनि पढ्नुस  दोस्रो चरणमा निर्वाचनमा ४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल

सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।

याे पनि पढ्नुस  आज चुनाव प्रचारकाे अन्तिम दिन, कहाँ–कहाँ छन् ठुला दलहरुका सभा ?

कमेन्ट गर्नुहोस्