उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमनमा तीव्रता

अछाम, भदौ ३ । अछाम प्रशासनले पछिल्लो समय बजार अनुगमनमा तीव्रता दिएको छ । जिल्लाका सबै व्यापारिक क्षेत्रहरुमा उपभोक्ताहरु व्यापक ठगिने गरेको पाइएपछि प्रशासनले अनुगमनलाई कडाई गरेको हो ।

पछिल्लो २ महिना यता जिल्ला प्रशासन कार्यालय अछामको अगुवाईमा जिल्लाका मुख्य बजार क्षेत्रहरुमा पहिलो चरणको अनुगमन सम्पन्न भई चाडपर्वको मुखैमा दोस्रो चरणको अनुगमन सुरु गरिएको छ । जिल्ला सदरमुकाम मंगलसेन सहित साँफेबगर, जयगढ, बिनायक, कमलबजार लगायत क्षेत्रमा पहिलो चरणको अनुगमनका क्रममा ठुलो परिणाममा म्याद गुज्रिएको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएकोमा पुनः अनुगमन गर्न लागिएको प्रशासनले जनाएको छ ।

चाडपर्वका बेला उपभोक्ताहरु बढी ठगिने गरेको अवस्थालाई मध्यनजर गर्दै आक्रामकरुपमा अनुगमन कार्य अघि बढाएको प्रशासनले सदरमुकाम मंगलसेनबाटै नापतौलमा ठगी गरिरहेका दर्जनौं व्यापारीहरुलाई प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ भने नापतौलमा प्रयोग भईरहेका ढक तराजु बरामद गरेको छ । अनुगमनका क्रममा मंगलवारमात्रै ८ थान ढक तराजु र अन्य म्याद गुज्रिएका खाद्यपदार्थ जफत गरेको अनुगमन समितिले तौलको लेवल तलमाथि गरेको, खिया लागेर चल्दै नचल्ने पुराना ढक तराजु प्रयोग गरिरहेको, म्याद सकिएका खानेकुरा बेचिरहेको, मासु पसले र होटेल सञ्चालकले सरसफाईमा ध्यान नदिएको भन्दै बदमासी गर्नेलाई कारवाही गर्ने जनाएको छ ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः अछामबाट शंकास्पद दुईजना पक्राउ

दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेका, प्रमाणपत्रहरु र मुल्यसूची देखिने गरी नटाँसेका व्यापारीलाई एक हप्ताभित्रै व्यवसाय दर्ता गर्न र तत्काल मूल्यसूची राख्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए । उनले भने ‘नियम अनुसार व्यवसाय दर्ता प्रमाणपत्र र मूल्यसूची सबैले देखिने गरी फ्रेमिंग गरेर नझुण्ड्याईएको खण्डमा ५ हजारसम्म जरिवाना तिर्नुपर्ने हुन्छ, तर कतिपयलाई यो कुरा जानकारी नहुन पनि सक्छ भन्दै पहिलो पटकलाई चेतावनी दिएर छाडिएको र अवका दिनमा पनी त्यस्तै पाईए कानुनी कारवाही भोग्न तयार रहन निर्देशन दिईएको छ ।’

याे पनि पढ्नुस  पहिरोमा परी दुई जनाको मृत्यु

अनुगमन टोली आएको बेला सटर बन्द गरेर भागेका र पसल छोडेर अन्यत्रै गएका व्यापारीहरुलाई पत्र काटेर प्रशासनमा हाजिर हुन र सबै कागजात पेश गर्न तथा त्यसो गर्नुको कारण पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालय राजु दमाईले बताए । बजार अनुगमन कार्यलाई अनुगमन समितीले तीव्रताका साथ अघि बढाएको र बदमासी गर्ने जो–कोहीलाई पनि कानुन अनुसार कारवाही गरिने उनले बताए ।

याे पनि पढ्नुस  भीमदत्तमा बजार अनुगमन सुरु, व्यवसायीलाई कमजोरी सुधार्न एक हप्ताको समय

अछाममा सुनदेखिण् नुनसम्ममा व्यवसायीहरुले बदमासी गर्ने गरेका कारण पछिल्लो समय बजार अनुगमनलाई निरन्तर अगि बढाईएको अछाम प्रशासनको भनाई छ ।

यहाँका सुन चाँदी ब्यावसायिले अबैध डिजिटल तराजु प्रयोग गर्ने गरेका भेटिएको छ भने अनुदानको भानु नुन पसलमा बिक्री गर्ने गरेको भेटिएको छ । यसरी सामानै पिच्छे उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुलाई जिल्ला प्रशासन र गुणस्तर तथा नापतौल विभागले मुद्दा चलाई कारबाहीसमेत गरेको छ । यसअघि भएका अनुगमनमा साँफेबगर र मंगलसेनका व्यापारीहरुलाई एक चरणमा ११ जना र एक चरणमा १३ जनालाई तारिखे बनाएर छोडीएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक तुलबहादुर काउचाले बताए ।

 

कमेन्ट गर्नुहोस्