Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिरहा जिल्लामा कहाँ, कस्को अग्रता ?

असोज ३ । तेस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना भएअनुसार प्राप्त मतपरिणाम यस्तो रहेको छ–

सिरहाको लहानमा कांग्रेस

सिरहाको लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेस मेयर पदका उम्मेदवार अचमित लाल चौधरीले ७२६ मत ल्याउएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवारले ६८० मत र नेकपा एमालेका उम्मेदवारले ६४६ मत ल्याउनुभएको छ ।

औरही गाउँपालिकामा पनि कांग्रेसले अग्रता

औरही गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार सुभाष कुमार दासले ११० मतका साथ अग्रता कायम गरेका छन् ।

गोलबजार नगरपालिकामा माओवादीले अग्रता

गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी उम्मेदवार देवनाथ साहले १५२ एमाले ८९ र नेपाली कांग्रेसले ८७ मत ल्याएका छन् ।

मिर्चैया नगरपालिकामा माओवादीको अग्रता

मिर्चैया नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका श्रवणकुमार यादवले ३६१ एमालेका उम्मेदवार १७६ नेपाली कांग्रेसका उम्मेदवारले १०७ मत ल्याएका छन् ।

अर्नमा गाउँपालिकामा पनि माओवादीले अग्रता

अर्नमा गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका ठकु महतो कोइरीले ३३९ मतका साथ अग्रता लिएका छन् । यस्तै एमालेका उम्मेदवारले २४९ नेपाली कांग्रेसका उम्मेदवारले १८४ मत ल्याएका छन् ।

विष्णुपुर गाउँपालिकामा एमालेले अग्रता

विष्णुपुर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार सत्यनारायण यादवले १७२ मत फोरमका उम्मेदवारको ११४ र राजपाका उम्मेदवारले १०१ मत ल्याएका छन् ।

नरहा गाउँपालिकामा एमालेको अग्रता

नरहा गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमाले अध्यक्षका उम्मेदवार रामशरण यादव २०१ मत, नेपाली कांग्रेसका उम्मेदवारले १७२ र संघीय समाजवादी फोरमका उम्मेदवारले ५ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: