रौतहटका १६ स्थानीय तहको यस्तो छ पछिल्लो परिणाम

रौतहट, भदौ ३ – स्थानीय तहको तेश्रो चरणको दुई नम्बर प्रदेशमा सम्पन्न चुनावको मतगणनाअनुसार रौतहट जिल्लाको पुराना तीन नगरपालिकामामध्ये दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छन् ।

१८ वटा स्थानीय तहमध्ये १६ स्थानको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । मतगणना निकै सुस्त गतिमा भइरहँदा मत परिणाम आउन निकै समय लागिरहेको छ ।
ईशनाथ नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका विगुसाह बनिया, परोहा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका शेख महमुद र वृन्दावन नगरपालिका ९ मा कांग्रेसकै शेख नाजिर हुसैन प्यानलसहित विजयी भएका छन् । परोहा नगरपालिका २ मा माओवादी केन्द्रका एजाजुर रहमान र फतुहा विजयपुर नगरपालिक १ मा माओवादी केन्द्रकै संजय साह प्यानलसहित विजयी भएका छन् ।
मौलापुर, कटहरिया, राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा विवाद हुँदा मतगणना कार्य ढिला सुरु भएकोमा मतपरिणाम आउन निकै ढिलाई हुने तथा मतगणना जारी रहेको स्थानहरुमा गणकहरुको संख्या नबढाए मतगणना प्रक्रिया निकै लामो समयसम्म चल्ने देखिएको छ ।

कहाँको अवस्था के ?

गौर नगरपालिका मेयर/उपमेयर
एमाले ६४१/९३
राजपा ४६०/१६२

संघीय समाजवादी फोरम ३६
गरुडा नगरपालिका मेयर
एमाले ३८४
कांग्रेस २९८
संघीय ९३

चन्द्रपुर नगरपालिका मेयर/उपमेयर
माओवादी केन्द्र १०६४/१००३
कांग्रेसका ८१३/८१४
एमाले ७७१/८०३

विन्दावन नगरपालिका मेयर/उपमेयर
माओवादी मेयर उपमेयर ५५६/५६३
कांग्रेस मेयर उपमेयर १३८/१६६
गुजरा नगरपालिकामा मेयर/उपमेयर
राजपाको मेयर उपमेयर १३३/८९
एमाले मेयर उपमेयर ९४/१०८

देवाही गोनाही नगरपालिका मेयर/उपमेयर
संघीय समाजवादी फोरम नेपाल ११५/१०५
कांग्रेस मेयर उपमेयर ७१/५३

परोहा नगरपालिका मेयर/उपमेयर
कांग्रेस १०३१/९५९
माओवादी केन्द्र ९९२/१०२९
बौद्धीमाई नगरपालिका मेयर
संघीय समाजवादी फोरम नेपाल २४९
माओवादी केन्द्र २३५

ईशनाथ नगरपालिका मेयर/उपमेयर
कांग्रेस ५४४/५५४
फोरम लोकतान्त्रिक ३५५/३११
राजपा ५४/७३

यमुनामाई गाउँपालिका मेयर/उपमेयर
कांग्रेस ३७/१९
माओवादी केन्द्र १०८/१३०
एमाले ४६/४९
राजपा ४७/४५

गढीमाई नगरपालिका मेयर/उपमेयर
कांग्रेस ६१९/६३३
एमाले ४७३/५१४
राजपा ४८८/४३४

फतुवा विजयपुर नगरपालिका मेयर/उपमेयर
कांग्रेस ३४२/३१८
माओवादी केन्द्र ३७७/३८२
एमाले ७२/७७
राजपा ३/५

बौधीमाई नगरपालिका मेयर/उपमेयर
कांग्रेस १३८ /१४१
माओवादी केन्द्र २३५/२९४
संघीय समाजवादी फोरम २४९/२१४
एमाले २०९/१८१
नयाँ शक्ति १७६/१७०

माधव नारायण नगरपालिका मेयर/उपमेयर
कांग्रेस ८३/२१८
माओवादी केन्द्र ६९/३२७
राजपा २४८/१७०
राजदेवी नगरपालिका मेयर/उपमेयर
कांग्रेस ११/८
माओवादी केन्द्र ११/१५
संघीय समाजवादी फोरम १० /२४
राजपा ४०/२५

देवाहीगोनाही नगरपालिका मेयर/उपमेयर
कांग्रेस ६१/५३
माओवादी केन्द्र २२/३०
संघीय समाजवादी फोरम १०३/१०५

कमेन्ट गर्नुहोस्