Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जन्मदिनमा धुर्मुसले गरे एकीकृत नमूना वस्तीको शिल्यान्यास

रौतहट, असोज ४ । चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिनको अवसर पारेर रौतहटका बाढीपिडितहरुका लागि एकीकृत नमुना सन्तपुर बस्तीको निर्माण कार्य सुरु गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्ती शिलान्यास गरेका हुन् ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए ।

बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।

आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस–सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए ।

भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुससुन्तली फाउण्डेशन सञ्चालन गरेका छन् ।

फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: