धाँधली भएकाे भन्दै पुन: मतगणनाकाे माग

काठमाडौं, असोज ४ । गत सोमबारे प्रदेश नम्बर २ का आठ जिल्लाहरुमा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबिच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले फेरि मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

याे पनि पढ्नुस  रौतहटमा झडप हुँदा प्रहरीद्वारा २० राउण्ड हवाई फायर

यस विषयमा राजनीतिक सहमति कायम भएलगत्तै यो स्थानीय तहमा मतगणना फेरि सुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

याे पनि पढ्नुस  उपप्रमुखमा विजयी रौतहटका प्रथम शहीद पत्नी कान्तिदेवीले भनिन, 'महिला हिंसाको अन्त्य हुन्छ'

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्