Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेयरले ‘गाडीको सट्टा गाउँमा एम्बुलेन्स किन्छु’ भन्दा एमाले उपमेयरले सभा बिथाेले

कञ्चनपुर, असोज २ । बेलौरी नगरपालिकाका मेयरले आफ्ना लागि गाडीको सट्टामा जनताका लागि दुई वटा एम्बुलेन्स किन्छु भन्ने प्रस्ताव राखेपछि नगरसभा नै भंग भएको छ ।

सोमबार बेलौरी नगरपालिकामा आयोजित एक सभामार्फत मेयर पोटीलाल चौधरीले आफ्नो नाममा गाडी किन्नुको सट्ट स्थानीय साविकको रामपुर गाविस ८ र वडा नम्बर ६ स्थित बेलौरी हेल्थपोष्टका लागि आवश्यक दुई वटा एम्बुलेन्स किन्ने प्रस्ताव राखेपछि एमालेले विरोध गर्दै सभा विथोलेका हुन् ।

सोमबारअघि सहमतिमा नै कार्यपालिकाले बेलौरी नगरपालिकाका लागि निती तथा बजेट पारित गरेको थियो । सोमबारको सभामा पनि उपमेयर चित्रा चौधरीले बजेट प्रस्तुत गरिरहने क्रममा मेयरको प्रस्ताव पनि उनले पढिन तव सुरु भयो एमालेले विरोध जनाएपछि सभा विथोलिएको थियो ।

सोही नगरसभा आज बस्नका लागि हाल छलफल भइरहेको स्थानीय नेताले जानकारी दिएका छन् । सहमति जुटे आज नगर सभा हुने अन्यथा भन्न नसकिने उनकाे भनाइ छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: