Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

करिष्मा जस्तै बन्ने ज्याकलिनको प्रयासमा

असोज ४ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले चलचित्र ‘जुडवा’को सिक्वेलका लागि निकै मेहनत गरेको बताएकी छिन् ।

झण्डै दुई दशकअघि प्रदर्शन भएको सलमान खानको दोहोरो भूमिका रहेको ‘जुडँवा’को सिक्वेलका लागि भने वरुण धवन दोहोरो भूमिकामा देखिएका छन् । त्यस्तै ‘जुडवा’मा सलमान खानलाई चर्चिक नायिका करिष्मा कपुर र रम्भाले साथ दिएका दिए । त्यस्तै दुई सातापछि प्रदर्शनमा आउन लागेको ‘जुडवा’ सिक्वेलमा करिष्माको ठाउँमा अभिनेत्री ज्याकलिनले भूमिका निर्वाह गरेकी छिन् ।

यस चलचित्रमा करिश्माको जस्तै उत्कृष्ट अभिनय गर्न नृत्यदेखि अभिनयसम्ममा प्रशस्त मेहनत गर्नुपरेको ज्याकलिनले बताइन् । नृत्यमा अब्बल करिश्मा त्यो बेलाकी उत्कृष्ट अभिनेत्री भएको र उनको जस्तै नृत्यका लागि पनि ज्याकलिनले निकै मेहनत गरेको बताएकी छिन् ।

आफ्नो मेहनतले सफलता पाउन नपाउने विषयमा अझै ढुक्क नरहेकी ज्याकलिन करिष्मा जत्तिकै सफलता पाउनका लागि फिलिम कुर्नेपर्ने बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: