Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माओवादी र एमालेबीच लुकामारी, को जित्ला हरिवनमा ?

सर्लाही । वामपन्थीहरुको बाहुल्यता रहेको सर्लाहीको हरिबन अहिले चर्चाको केन्द्र बनेको छ ।

सुरुआती अग्रता नेकपा माओवादी केन्द्रले लिएको हरिबनमा एमालेको समेत उल्लेख्य मत आएपछि कसले बाजी मार्ला भन्ने कुरा चासोको विषय बनेको छ ।

माओवादीका तर्फबाट कमल बुढाथोकी र एमालेबाट गणेश प्रसाई मेयर पदका उम्मेदवार रहेका छन् ।

पछिल्लो सार्वजनिक परिणाम अनुसार, बुढाथोकीले १८ सय ६६ र प्रसाईले १८ सय १७ मत प्राप्त गर्नु भएको छ ।

यही किसिमले मत परिणामले निरन्तरता पाए अन्तिममा एक दुई सय मतको अन्तरले एमाले या माओवादी उम्मेदवार विजयी हुने सम्भावना देखिएको छ ।

दुबै दलले आफूले जित्ने दावी गरेका छन् ।

हरिबनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

केही वडामा पैसा बाँडेको भन्दै नेपाली कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएको कुरा समेत हरिबनमा सार्वजनिक भएको थियो ।

राजमार्गमा पर्ने हरिबनमा मिश्रित समुदायको बसोबास रहेको छ ।

आवरण तस्वीरः सर्लाहीको हरिबनमा चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड (फाइल फोटो)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: