सर्लाहीमा माओवादी कांग्रेस बराबर तहमा अग्रस्थानमा, चौतर्फी उत्सुकता

सर्लाही, असोज ४ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो संख्यामा अन्य पार्टीका कार्यकर्ता भित्र्याउन सफल माओवादी केन्द्रले सर्लाली जिल्लामा नेपाली कांग्रेससँग कडा प्रतिष्पर्धा गरिरहेको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम अनुसार, सर्लाहीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पाँच–पाँच स्थानमा अग्रता लिएका छन् ।

स्मरणीय कुरा के छ भने सर्लाही राजपा नेताहरुको गृह जिल्ला र निकै बलियो प्रभाव मानिने क्षेत्र हो ।

राजपाबाट शिवपूजन यादवलगायतका नेताहरु भने माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
कांग्रेसले मलंगवा, हरिपूर्वा, धनकौल, रामनगर र गोडैतामा अग्रता लिइरहेको छ भने माओवादी केन्द्र बरहथवा, हरिवन, बागमती, बसबरिया, हरिपुर र चक्रघटामा अगाडि देखिएको छ ।

नेकपा एमालेले ईश्वरपुर र लालबन्दी, संघीय समाजवादी फोरम नेपालले विष्णु, पर्सा र कविलासीमा अग्रता लिइरहेका छन् ।

राजपाले सर्लाहीको कौडेना, चन्द्रनगर, ब्रम्हपुरी र बलरा नगरपालिकामा झिनो मतले अग्रता लिइरहेको छ ।

अन्तिम परिणाम आउन अझै समय लाग्ने भएकोले अन्तिममा कसले अग्रता लिन्छ भन्न नसकिए पनि कांग्रेस र माओवादीबीच पहिलो र दोश्रोको प्रतिष्पर्धा देखिएको हो ।

कमेन्ट गर्नुहोस्