प्रदेश नम्बर २ काे मतपरिणामः अहिलेसम्म को कहाँ विजयी ?

काठमाडौं, असोज ५ । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमाले २ स्थानीय तहमा विजयी भएको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एक÷एक स्थानीय तहमा विजयी भएका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेकपा एमालेका उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् ।

याे पनि पढ्नुस  चुमनुव्री गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

उपमेयरमा पनि एमालेकै आशा चौधरी ३२२७ मतसहित विजयी भएका छन्  ।

त्यसैगरी सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १९३५ मतसहित विजयी भएकी छन् ।

धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २३७७ मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २२९९ मत ल्याएर विजयी भएकी छन् ।

याे पनि पढ्नुस  माओवादीको खुल्यो खाता- सान्नी त्रिवेणी गाउँपालिका प्रमुखमा बिजयी

रौतहटको इशानाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५७५८ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५२३६ मत ल्याएर विजयी भइन् ।

सिरहाको विष्णु गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भएका छन् छ भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २७०० मतसहित विजयी भएकी छन् ।

याे पनि पढ्नुस  पञ्चेश्वर– ६ मा राप्रपाको प्यानलै विजयी

यसैगरी धनुषाको हंशपुर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३३२० मतसहित विजयी भएका छन् ।

उपमेयरमा राजपाकै रेणुदेवी झा ३२७६ मतसहित विजयी भइन् । यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी हुनुभएको छ भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।

कमेन्ट गर्नुहोस्