नवदुर्गा महोत्सवको शुभारम्भ

पोखरा, असोज ५ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गरे ।

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सवको शुभारम्भपछि बिन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलश सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै बिन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

याे पनि पढ्नुस  पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने

शोभायात्रामा विभिन्न भजन समूह, जातीय वेशभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड पोखरामा, पर्वतमा जिल्ला प्रमुखहरूसँग छलफलको कार्यक्रम

महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुनेछ ।

सो अवसरमा मन्त्री थापाले सबैभन्दा पुरानो र धार्मिक आस्थाको केन्द्रविन्दुमा रहेको बिन्ध्यवासिनी मन्दिरको संरक्षण र पूर्वाधार विकासमा सबैको ध्यानाकर्षण गराए ।

उनले धार्मिक पर्यटन प्रर्वद्धनमा पनि बिन्ध्यवासिनी मन्दिरले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

याे पनि पढ्नुस  पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्