Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

पर्सा, असोज ५ । पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी बनेको छ ।

प्रमुखमा माओवादी केन्द्रका पीएल श्रेष्ठले २७५४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वि लालबहादुर श्रेष्ठले २३४६ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकी शान्ति थिङले २४३५ मत ल्याएकी छिन् भने प्रत्यासी एमालेको तर्फबाट गोकुल कुमारी रेग्मीले २२९६ मत ल्याएकी हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बांकी रहेको भएपनि अहिले नेकपा माओवादी केन्द्रको बिजयी र्याली निकालिएको छ । वडा न. ४ मा पुरै प्यानल सहित नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष पदका उम्मेदवार बहि बहादुर पाख्रीन बिजयी भएका छन् ।

५ वडा रहेको ठोरी गाउंपालिकामा माओवादी केन्द्रले ३ वडाको अध्यक्ष जितेको छ भने कांग्रेस र एमालेले ११ वडा जितेको छ । माओवादीले वडा १, ३ र ४, कांग्रेसले २ र एमालेले वडा ५ जितेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: