Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस

जनकपुर, असोज ५ । स्थानीय तहको निर्वाचन अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएको छ ।

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भए।

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेको थियो ।

जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी भएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्याम झाले २४० मत प्राप्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: