वडा कार्यालयका लागि तीन रोपनी जग्गादान

इलाम, असोज ५ । इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेको छ ।

स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ–डेढ रोपनी जग्गा निःशुल्क प्रदान गरेको हो ।

वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु पाँच लाख पर्ने तीन रोपनी जग्गा वडा कार्यालयको नाममा पास भइसकेको छ । प्राप्त जग्गामा आगामी कात्तिक महिनादेखि भवन निर्माण प्रक्रिया अघि बढाइने वडाध्यक्ष लिम्बूले बताए ।

कमेन्ट गर्नुहोस्