Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेता पोखरेलले भने, ‘देउवाको काम मन्त्री बढाउने मात्रै हो’

दाङ, असोज ५ । नेकपा एमालेका नेता एवं स्थायी समितिका सदस्य शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले अनावश्यक रुपमा मन्त्री मण्डल विस्तार गर्ने मात्रै रहेको बताएका छन् ।

प्रेस चौतारी दाङले बिहिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले देउवा प्रधानमन्त्री भएको बेला जहिल्यै पनि लोकतन्त्र खतरामा पर्ने गरेको आरोप लगाए । नेता पोखरेलले भने, ‘देउवा सत्ताप्रति उत्तरदायी हुनुभएन, सत्ताको लागि जति चाहयो मन्त्री बढाउनुभएको छ । निर्वाचनमा जित हाँसिल गर्ने सत्ताको दुरुपयोग गर्नुभएको छ ।’
उनले भने ‘ देउवा प्रधानमन्त्री हुँदा जहिल्यै लोकतन्त्रमा अप्ठयारोमा प¥यो । तर, त्यसको जवाफ जनताले निर्वाचन मार्फत दिदै आएका छन् र दिनेछन् ।’

प्रदेश नम्बर २ को निर्वाचनको मतपरिणाम पनि अपेक्षाकृत नै आइरहेको बताउदै उनले मुलुकको पहिलो पार्टी हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने बताए ।
यस्तै निर्वाचनमा ठूला नेताहरुलाई जिताउन पार्टीहररुबीच सल्लाह हुने गरेको खुलासा गर्दै नेता पोख्रेलले ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले अन्य र आफनो दलका ठुला नेता जिताउनका लागि अन्य दलसंग उम्मेदवारी दिने विषयमा गोप्य सहमती गरेको बताए ।

नेता पोखरेलले दाङको २ नम्बर क्षेत्रबाट नै केन्द्रिय प्रतिनिधी सभाका लागि आफनो उम्मेदवारी रहने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: