मिर्चैयामा पहिलो स्थानमा माओवादी केन्द्र, एमाले र फोरमको कडा प्रतिष्पर्धा

सिरहा, असोज ५ । तराईका ८ जिल्लामा गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ । गत सोमबार भएको केही ठाउँहरुबाट मतपरिणाम आइसकेका छन् भने केही स्थानीय तहहरुमा भने मतगणना कार्य जारी छ ।

त्यस्तै मिर्चैया नगरपालिकामा जारी मतपरिणाम अनुसार नेकपा एमाले भन्दा माओवादी केन्द्र झण्डै दोब्बर बढी मतले अग्रता कायम गरेको छ ।

नेकपा माओवादी केन्द्रले हालसम्म ३११३ मत प्राप्त गरेको छ भने नेकपा एमाले १४९३ प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको फोरमले १३६३ मत ल्याएको छ । पहिलो स्थानमा माओवादी केन्द्र रहेको छ भने दोस्रो र तेस्रो स्थानमा रहेका नेकपा एमाले र फोरमको कडा प्रतिष्पर्धा रहेको छ ।

कमेन्ट गर्नुहोस्