Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यार्चासँग सुन साट्दै व्यापारीहरु

काठमाडौं, असोज ५ । केही समयअघि मात्रै ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी पक्राउ परेका परे ।

त्यसमा कोही नयाँ कोही पुराना सुन तस्करी थिए त कोही नयाँ । प्रहरीका अनुसार सुनका असली मालिक भनिएका चिनियाँ नागरिकसँग उनीहरुको सम्पर्क हुने र सुन नेपाल भित्र्याउने काम गर्थे । त्यस्ता अवैध बजारको सुन किन्ने केहीमाथि पनि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको छ ।

संगठित सुन तस्करीमाथि निरन्तर अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार नेपालमा आउने अवैध सुनबापतको भुक्तानी मूलत अवैध हुन्डीमार्फत डलर पठाउने र त्यसको मूल्य अवैध मार्गबाट नेपालमा सुन भित्र्याएर तिर्ने सबैभन्दा प्रचलित तरिका हो भने अर्काे तरिका भनेको नेपालबाट यार्चागुम्बुलगायत महँगा जडीबुटी तिब्बत पुर्‍याउने र त्यसबापतको रकम अवैध सुनबाट बुझ्ने ।

यस्तो अवैध ओसारपसारबाट जडीबुटी व्यापारी र सुन तस्कर दुवैलाई मनग्गे फाइदा हुने देखिन्छ ।

पहिले रक्तचन्दन अवैध रूपमा तातोपानी नाका हुँदै चिनियाँ बजारमा पठाइन्थ्यो र त्यसको रकम सुन ल्याएर पूर्ति गरिन्थ्यो । रक्तचन्दन ओसारपसारमा कडाइ भएपछि तस्करले जडीबुटीलाई सुनसँग सट्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: