लहान नगरपालिका १४ मा काँग्रेसका महेश श्रेष्ठ २ मतले विजयी

काठमाडौं, असोज ६ ।  लहान नगरपालिका १४ नम्बरमा काँग्रेसका महेश श्रेष्ठ २ मतले विजयी भएका छन् । उनले ३५५ मत प्राप्त गरेका छन् भने एमालेका धनीलाल यादवले ३५३ मत प्राप्त गरेको जानकारी आएको छ ।

यसअघि एमालेका उम्मेदवारले ४ मतले जितेको थियो । काँग्रेसले पुन: मतगणना माग गरेपछि २ मतले कांग्रेसले जित हात पारेकाे छ ।

याे पनि पढ्नुस  सुरुवाती मत परिणाम: कांग्रेस दुर्इ, एमाले र माओबादी एक/एक स्थानमा बिजयी

कमेन्ट गर्नुहोस्