Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माधव नेपालको गृहजिल्लामा एमाले पत्तासाप

रौतहट, असोज ६ । नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल को गृहजिल्ला रौतहटमा एमाले पत्ता साप भएको छ ।

नेता नेपाल मतदाता रहेको गौर नगरपालिकामा पनि एमाले राजपासँग पराजित भयो । नेपालको आफ्नै वडामा समेत एमाले पराजित भएपछि आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कहाँबाट उम्मेदवार बन्ने भन्ने दुविधा उत्पन्न भएको बताइएको छ ।

अहिलेसम्मको मतपरिणाम र प्राप्त मतका आधारमा रौतहटका १८ स्थानीय तहमध्ये एमालेले एउटा पनि नजित्ने लगभग निश्चित भएको छ । मतगणना भइरहेका कुनै पनि स्थानीय तहमा एमाले अग्रतामा छैन । अधिकांशमा एमाले दोस्रो स्थानमा पनि छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: