Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुताबाससँग मिलेर जनजाति महासँघ युएईले संबिधान दिवस मनायो, पत्रकारहरुलाई बहिस्कार।

युएई, असोज ६ । नेपाल आदिबासी जनजाति महासँघ युएईले संबिधान दिवस धुमधामसँग मनाएको छ ।

नेपाली दुताबास अबुधाबीद्वारा संबिधान दिवसको अवसरमा सेप्टेम्बर २१ मा आयोजित कार्यक्रममा महासँघका प्रतिनिधहरु जनजाती भेषभुषामा उपस्थित थिए । उनीहरुले बिभिन्न जातजातिका नाच, झाँक्री तथा लाखे नाच प्रदर्शनी गरी संबिधान दिवस मनाएका हुन् ।

कार्यक्रममा मयूर नाच समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रममा आदिबासी जनजाति महासँघ युएईका अध्यक्ष पासाँग शेर्पा, निबर्तमान अध्यक्ष तथा संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य डेरराज गुरुंग लगायत मगर सँघ, नेवा: पुच आदि संघसंस्थाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

यस अघि नेपालको संबिधानले जनजाति, आदिबासी, मधेसी तथा अल्पसंख्यक नेपालीहरुको भावनालाई प्रतिनिधित्व गर्न नसकेको भन्दै संबिधान दिवसको बिरोध गर्दै आईरहेको थियो ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, नेपाली ब्यापारीहरु, एनआरएन युएईका प्रतिनिधिहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएई सरकारको तर्फबाट पररास्ट्र तथा अन्तराष्ट्रीय सम्बन्ध मामिला मन्त्रालय कन्सुलर बिभागका सहायक उपसचिब अहमेद साहिद अल धाहेरी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै पश्चिम एसिया ब्यूरोका निर्देशक अहमेद अल हामेली लगायत बिभिन्न देशका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पररास्ट्र मन्त्रालयले संबिधान जारी भएको मितिबाट ५ दिन भित्र संबिधान दिवस मनाउन परिपत्र भए बमोजिम नेपाली दुताबासले हिजो मात्र मनाएको हो । नेपालको संबिधान २०७२ असोज ३ गते संबिधानसभा बाट जारी भएको थियो ।
दुताबासद्वारा पत्रकारहरु बहिस्कार

नेपाली दुताबासद्वारा आयोजित संबिधान दिवसमा नेपाली पत्रकारहरुलाई बहिस्कार गरिएको थियो । यस अघि दुताबासले मानब तस्कर र दलालहरुको संरक्षण गरेको ब्यहोराको समाचार प्रकाशित गरेपछि कार्यबाहक राजदुत नेत्र बहादुर टण्डन नेपाली पत्रकारहरुसँग रुस्ट बनेका थिए ।

दुताबासले नेपाली पत्रकारलाई चेताउन नबोलाईएको कार्यबाहक राजदुत टण्डनको भनाईलाई उद्धृत गर्दै श्रोतले बताएको छ । कार्यक्रममा नेपाली कांग्रेस निकट नेपाली जनसंपर्क समिति युएईलाई समेत निमन्त्रणा गरिएन ।

समितिका सभापति खेमराज बस्नेतले दुताबासको पुर्बाग्रही कदमको बिरोध गरेका छन् । यस अघि भिजिट भिसामा नेपालीहरु अलपत्र परेको बारे बस्नेतले दुताबासको बरुद्दमा र पिडितहरुको पक्षमा अभिव्यक्ति दिएकोले टण्डन बस्नेतसँग रुस्ट बनेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: