Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यसरी सक्रिय छिन बिना गाऊँबस्तीमा

बेलौरी, असोज ६। अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर अहिले आफ्नो निर्वाचन क्षेत्रमा रातदिन नभनी युद्धस्तरमा खटिएको छिन । अढाई वर्षीय छोरालाई बोकेर पार्टीको संगठन निर्माण उनी जुटेकी हुन ।

२०७० को संविधान सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी बीना झिनो मतले पराजित भएकी थिईन । तर उनले त्यसपछि झनै सक्रियता बढाईन स्थानीय संगठन निर्माण गर्न । बेलौरी पुर्नवास, लालझाडी र बेलड़ाडी क्षेत्रका जनताका समस्या र विकास निमार्णमा उनको ध्यानक्न्द्रीत छ ।

संगठन नभएकै कारण पार्टी कमजोर भएको र जनतासंग सम्वन्ध टुटेकाकारण निर्वाचनमा पराजित हुनेपरेकाले उनको प्रमुख ध्यान संगठन निर्माण र जनतासँग टुटेको सम्बन्ध जोड्नेमा बढी केन्द्रीत रहेको उनी बताउछिन ।

पुल, तटबन्ध, बाटो, बिद्यालय लगायतका विकास निमार्णका कतिपय योजनाका लागि आफुले पहल गरेको उनले बताईन । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बीनाको कार्यक्षेत्र अन्र्तगत लालमाझी र बेलौरी नगरपालिकामा माओवादी केन्द्रले जीत हासिल गर्यो । माओवादीको संगठन अस्तव्यस्त भएको अवस्थामा यसरी जितनु चानचुने कुरा थिएन ।

पुर्नवास क्षेत्रमा भने प्रावधिक कारणले झिनो मतले मेयेरका उम्मेदवार पराजित हुनुपरेको उनले बताईन । चुनाव जितेर पनि आफ्नो निर्वाचन क्षेत्र जान नखोज्ने नेताहरुक अगाडी बीनाको सक्रियता गतिलो उदाहरण बनेको छ ।

राजनीतिक रुपमा शक्तिशाली प्रभावशाली प्रचण्ड परिवारकी बीनाले भनिन जनताले भित्रै मनदेखि स्वीकार गरेर आफ्नो नेता जित्र्नपर्छ भन्ने भावनाको विकास गर्न उनीहरुसंग जोडीनैपर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: