Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग : ओली

काठमाडौं, असोज ६ । एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी ओलीले २ नम्बर प्रदेशको स्थानीय तह तेस्रो चरणको निर्वाचनमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको अरोप लगाएका छन ।

शुक्रबारबाट राजधानीमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न सत्तापक्षले राज्यशक्तिको व्यापक दुरुपयोग गरेको बताएका हुन । कांग्रेस र माओवादीले चुनाब हार्ने अवस्था देखेपछि रातारात प्रमुख जिल्ला अधिकारी र न्यायाधीश सरुवा गरेर निर्वाचन आचारसहिताको खिल्ली उडाएको ओलीको आरोप छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी पछि परेपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएरै छाड्ने अध्यक्ष ओलीले दावी गरे । उनले भने, ‘सरकारको अलोकतान्त्रिक चरित्रका कारण तेस्रो चरणमा असफल भयौ, सत्तापक्षले पैसा बाँड्यो, धाँधली गर्यो ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: