Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आइडल हुनेले के–के पाउँछन ?

काठमाडौं, असोज ६ । लामो सयमदेखि चलिरहेको प्रथम नेपाल आइडल प्रतियोगितामा आज (शुक्रबार) तीन प्रतिस्पर्धी मध्ये एक जना प्रथम नेपाल आइडल चुनिने छन ।

नेपाली संगीत प्रेमीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

धेरैको चासो र जिज्ञाशाको विषय प्रथम नेपाल आइडलले के–के पुरस्कार पाउँछन वा बत्तिविकासका लागि के कस्ता अवसर पाउँछन भन्ने जान्ने इच्छा पनि होला । प्रथम नेपाल आइडल हुनेले २० लाख रुपैयाँ नगद, महिन्द्रा कम्पनीको केयुभी १०० कार र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।
नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगदका साथै थुप्रै बृत्तिविकासका लागि अवसर पाउनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: