Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालसँग मालदिभ्स् २–० गोलले पराजित

काठमाडौं, असोज ६ । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई शुक्रबार २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको ७ औं मिनेटमा रोमन लिम्बु गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ५७ औं मिनेटमा रेजिन सुब्बाले अर्को गोल गर्दै नेपाललाई २–० को स्थितिमा पुर्याएका थिए ।

नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी पाँच राष्ट्र प्रतियोगितामा सहभागी छन । नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो ।

‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।

नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: