Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१०६ स्थानको मतपरिणाम सार्वजनिक, को अगाडि ?

काठमाडौं, असोज ७ । स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । २ नम्बर प्रदेश अन्तर्गत तराईका ८ जिल्लामा भएको निर्वाको १०६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १९ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: