माध्यमिक शिक्षा सुधार परियोजना सञ्चालनमा

सोलुखुम्बु, असोज ७ । गुणस्तरीय शिक्षाको विकास, विद्यालय सुशासन र त्यसको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सोलुखुम्बुमा “माध्यमिक शिक्षा सुधार परियोजना” सञ्चालनमा आएकोे छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले पहिलो चरणमा जिल्लाका सात माध्यमिक विद्यालयमा यो परियोजना सञ्चालन गरिएको परियोजनाका शिक्षा विकास संयोजक तोयाप्रसाद अम्मैले जानकारी दिए ।

याे पनि पढ्नुस  विद्यार्थीका लागि गणित विषय बोझ हो कि आवश्यक ज्ञान ?

परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन र सुशासनका विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सङ्घका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकलाई तालीमको व्यवस्था गर्ने, शिक्षकको मूल्यांकन गर्ने, विद्यालयमा पुस्ताकालयको व्यवस्थापन गर्ने तथा विद्यालयको योजना, अनुगमन र मूल्यांकन प्रक्रियालाई बढी प्रभावकारी बनाउने खालका कार्यक्रम सञ्चालन गरिने छन् ।

विद्यालयमा पुस्तकालयको स्थापना र त्यसको उचित व्यवस्थापन गरी बालबालिकालाई पुस्तकालयमा गएर अध्ययन गर्ने बानीको विकास गराउनमा समेत परियोजनाले सहयोग गर्नेछ ।

याे पनि पढ्नुस  पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

परियोजना लागू भएका सात वटै विद्यालयमा अभिभावकको संलग्नतामा दैनिक सहयोग तथा अनुगमन समिति गठन गरिसकिएको रिड नेपालले जनाएको छ ।

हिमालयन ट्रष्ट न्यूजिल्याण्डको आर्थिक सहयोगमा शुरु भएको यो परियोजना हालका लागि एक वर्षे अवधिको हुने संयोजक अम्मैले जानकारी दिए ।

याे पनि पढ्नुस  केन्द्रमा थुप्रियो शिक्षाको बजेट, स्थानीय तहमा तलब मात्रै

केदार माध्यमिक विद्यालय नेचा, सिंहकाली माध्यमिक विद्यालय तिङला, गार्मा माध्यमिक विद्यालय गार्मा, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङ र छेस्काम माध्यमिक विद्यालय छेस्काममा यो परियोजना सञ्चालन भएको रिड नेपालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्