Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देशको उत्कृष्ट महानगरपालिका बनाउने मेयर दाहालकाे दृढता

सुरेसचन्द्र अधिकारी

भरतपुर, असोज ७ । संभावनानै संभावनाले भरिएको भरतपुर महानगरको बिकास र संबृद्दीका लागि एकताको खॉचो रहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताएकी छन् ।

वडा न ५ ले आयोजना गरेको बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजित शूभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मेयर दाहालले देशको उत्कृष्ट महानगरपालिका बनाउनेबाहेक आफ्नो कुनै स्वार्थ नरहेको बताएकी छिन् ।

उनले शहरीक्षेत्र र ग्रामिण क्षेत्रको बिकाससंगै अगाडी बढ्ने योजना रहेको बताइन् । महानगरिय रिडंरोड निर्माणको काम तत्काल अगाडी बढ्ने बताइन् । मेयर दाहालले महानगरले तत्कालिन अल्पकालिन र र दिर्गकालीन तीन चरणका योजना तर्जुमा गरी बृहद गुरूयोजना सहित बिकासको नयॉ मोडलनै स्थापित गर्ने बताइन् ।

यी महत्वकांक्षी योजनाहरू पुरा गर्न सबैको दृढ एकता र संचनात्मक सहयोगको आवस्यकता रहेको बताइन् ।

मेयर रेनु दाहलले बिकास निर्माणका योजना दबाव र प्रभाबको भरमा नभर्इ आवश्यकताको आधारमा अगाडी बढाइने बताइन् । महानगर बिकासका दृस्टीकोणले एकरूपता नभएको बताउँदै स्थानीय आवश्यकतालाई समेट्ने महानगरको बिकास मोडेल हुनेमा जोड दिइन् ।

हाम्रा बिकासका चाहना असिमित छन् ति आवश्कता परिपुर्ती गर्नाका लागि आन्तरिक यबं बाहिय स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी अगाडी बढ्नेमा मेयर दाहालको जोड थियो ।

हाम्रो महानगर कबिलासदेखी गोलाधाटसम्म फैलियको छ यसलाइ भरतपुर संग जोडेर पर्या पर्यटन, शिक्षा स्वास्थ्य र आधुनिक कृषी प्रणाली र तिब्र औधोगिक बिकास बाट मात्रै हामीले चाहना गरेको संबृद्द माहनगरपालिकाको सपना बिपनामा परिणत गर्न सकिने बताइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: