अध्यक्ष प्रचण्डको यो वर्षको दशैं

काठमाडौं, असोज ७ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्वात्मक तथा एेतिहासिक भौतिकवादमा विश्वास राख्छन् । दशैं, तिहार, जन्म, मृत्यु लगायतका विषयमा उनीको भौतिकवादी दृष्टिकोण र व्यवहार रहँदै आएको छ।

यस वर्षको दशैं पनि अध्यक्ष प्रचण्डले विगतमा मनाएझैं नै मनाउने कार्यक्रम रहेको छ । फुलपातिसम्म प्रचण्ड विभिन्न जिल्लामा औपचारिक कार्यक्रममा जानेछन् । आइतबार र सोमबार कालीकोट, हुम्ला, जुम्ला लगायतका जिल्लामा कार्यकर्ता प्रशिक्षण, जनसभा, शुभेच्छुक र जनतासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

१० गते चितवनको कार्यक्रममा सहभागी भएर अध्यक्ष राजधानी फर्किनेछन् । पार्टीको तर्फबाट दशैंमा खास कार्यक्रम नुहेन तर जनता र पार्टीलाई जोड्न पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले आयोजना गर्ने कार्यक्रममा सम्भव भएसम्म सहभागी हुनेछन् ।

जनयुद्ध कालपूर्व अध्यक्षले बुवा आमाबाट टीका ग्रहण गरेर आशिर्वाद लिने गर्थे, त्यसयता औपचारिक रुपमा दशैं मनाउन छाडेका छन् । दशैंको अवधिमा अध्यक्ष प्रचण्ड मुल रुपमा कार्यकर्ता भेटघाटमा नै व्यस्त हुनेछन् । आउने शुभेच्छुकहरुसँग शुभकामना आदान प्रदान गर्नेछन् । दशैंको दिन अध्यक्ष लाजिम्पाट नै रहनेछन् । दशैंको दिन परिवारसँग घरमै बस्नेछन् ।

कमेन्ट गर्नुहोस्