Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीरगञ्ज महानगरमा कांग्रेस र फोरमको कडा टक्कर

बीरगञ्ज, असोज ७ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा एक मात्र महानगर पर्साको बीरगञ्ज महानगरपालिकाको मतगणनाको पछिल्लो मतपरिणाम थप रोचक बनेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको मतगणनाअनुसार नेपाली कांग्रेस ८११२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ । उपप्रमुखमा कांग्रेसको ९३४० मत रहेको छ भने फोरमको ७७३२ मत रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: