Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माओवादी केन्द्र अछामद्वारा प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको सूची तयार

अछाम, असोज ७ । नेकपा माओवादी केन्द्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी तयारीमा आन्तरिक रुपमा सक्रिय भएर लागेको छ । आगामी मंसिर १० र २१ गते २ चरणमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको बन्द सुची तयार पार्ने र अन्य आन्तरिक रणनीतिको तयारी गरिरहेको बताईएको छ ।

यसैबीच माओवादी केन्द्र अछामले पनि मंसिरमा प्रदेश र केन्द्रीय संसदको निर्वाचनको तयारी स्वरुप बिभिन्न आन्तरिक तयारी अगि बढाएको जनाएको छ । पार्टीले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टी कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेश र केन्द्रीय संसदको लागि समानुपातिक तर्फवाट पार्टीका उम्मेदवारहरुको प्रारम्भिक बन्दसुची तयार गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए ।

संयोजक साउदका अनुसार केन्द्रीय संसदका लागि अछाम क्षेत्र नम्वर १ वाट पोलिटब्यूरो सदस्य तारामान स्वाँर, केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रकाश परियार र क्षेत्र नम्वर २ बाट केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जोरासिंह बिष्ट, जिल्ला सदस्य जीवन बिक र अमृता वली (भूल)को प्रारम्भिक नामवली समानुपातिक उम्मेदवारको बन्दसुचीका लागि प्रस्ताव गरेको छ ।

दुईवटै क्षेत्रबाट समावेसी तरिकाले ३÷३ जनाको नामवली प्रदेश कमिटीमा पठाइएको जिल्ला संयोजक साउदले बताए ।

यस्तै माओवादी केन्द्र अछामले प्रदेशसभा अन्र्तगत मेल्लेख, जयगढ र रामारोशन गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रबाट जिल्ला संयोजक झपट साउद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा गरि ४ जनाको नाम प्रारम्भिक सूचीमा पठाएको छ भने साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य टंक रावल, सुरत भूल, रामबहादुर थापा, दिपक सुनार, पूर्णबहादुर साउद र टेकबहादुर थापा गरि ६ जनाको प्रारम्भिक नामवली प्रदेश कमिटी लाई प्रस्ताव गरेको छ ।

यस्तै मंगलसेन नगरपालिका, ढकारी गाँउपालिका तथा कमलबजार नगरपालिकाको केही वडा समेटीएको प्रदेश निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य लोकबहादुर बोगटी, जिल्ला सदस्य मोतीकला चलाउने र खडक सुज्जी गरि ३ जनाको नाम सिफारिस गरिएको छ । भने बिनायक नगरपालिका, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटीएको अर्को प्रदेश निर्वाचन क्षेत्रबाट दिपक रोकामगर, अमर बिक र उदयबहादुर बिष्ट गरि ३ जनाको नाम प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

जिल्ला पार्टीले केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक बन्दसूचीका लागि प्रारम्भिक सूची पार्टी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको जिल्ला संयोजक साउदले जानकारी दिए ।

पार्टीले प्रदेश र केन्द्रीय संसदको प्रत्यक्षतर्फको उम्मेदवार कसलाई सिफारिस गर्ने भन्ने विषयमा पनि छलफल चलाईरहेको र त्यसको टुंगो असोज २० भित्र जिल्ला कमिटी बैठकले लगाई सक्ने उनको भनाई छ ।

अन्य आन्तरिक तयारी, पार्टी ध्रुविकरण जस्ता गतिविधिमा छलफल चलाईरहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेशसभा तथा संघीय निर्वाचनमा माओवादी केन्द्र अछाममा एक्लै चुनाव लड्न तयार रहेको तर आवश्यकता अनुसार समिकरणका लागि पनि सबैसंग बाटो खुल्ला रहेका साउदले बताए ।

माओवादी केन्द्रले आगामि मंसिरमा हुने निर्वाचनका लागि मतदाता भेटघाट, स्थानीय तह अन्तर्गतका कमिटी बैठक र वडा कमिटी बैठक गर्ने लगायतका आन्तरिक गतिविधि समेत सञ्चालन गर्न लागेको बताएको छ । प्रदेश र केन्द्रीय संसदका लागि अछाममा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: