Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कतारमा नेपाली आइडलको फिनाले सम्पन, पहिलो नेपाल आइडल बने बुद्ध लामा

कतार, असोज ७ । कतारको सनैयाको एम्पिथेटरमा सम्पन नेपालको चर्चित रियालिटी सो नेपाली आइडल ग्रण्ड फिनालेबाट धादिङको लापा घर भई पोखराको नयाँ बजार बस्दै आएका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका छन ।

उनले यसअघि पनि सर्वाधिक भोट प्राप्त गर्दै आएका थिए । शुक्रबार कतारमा सम्पन ग्राण्ड फिनालेबाट ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोटमा बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाली आइडल बन्न सफल भएका छन्

रियालिटी शो को शुरुदेखि नै बुद्धलाई स्वदेश तथा विदेशबाट राम्रो समर्थन रहेको थियो । उनलाई फाइलन अघिका शोमा पनि नेपालबाट भन्दाबढि विदेशबाट भोट प्राप्त भएको थियो ।उनले २० लाख रुपैयाँ नगद सहित, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका छन ।

यसैगरी, संगीतकर्ममा अनुभव लिईसकेका, क्लासिकल म्युजिकका फ्यानहरुको आइडल मोरङ उर्लावारीका निशान भट्टराई फस्ट रनरअप बनेका छन । फेसबुकमा गरिएका विभिन्न सर्वेक्षणमा निशान पहिलो स्थानमा रहेता पनि भोटिङमा बुद्व लामा भन्दापछि परेका थिए । उनलाई ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोटको पूर्ण भोटिङ रहेता पनि उनले फस्ट रनर अपमै चित्त बुझाउनु प¥यो भट्टाराईले फस्ट रनरअपको नगद रु १५ लाख प्राप्त गरेका छन ।

यस्तै भर्सटायल गायक प्रताप दासले सेकेण्ड रनरअपमा चित्त बुझाएका छन । जस्तासुकै गीतमा पनि फिट, स्टेज रक गर्न सक्ने मुख्य फाइनालिस्ट अन्ततः १ करोड ३२ लाख ५१ हजार ८ सय ४९भोट प्राप्त गर्दै उनी सेकेन्ड रनरअपमै चित्त बुझाउदै नगद १० लाख प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाली नियोग कतारका राजदूत रमेशप्रसाद कोइलाको प्रमुख आतिथ्यता रहेको थियो भने विषेश अतिथीमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका थिए । निर्णयक मण्डलमा न्य्ूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दीरा जोशी रहेका थिए । कार्यक्रम संयोजक तथा एभरेष्ट नेपाल युथ एशोसेसन उत्तम गुरुङ, आयोजक तथा एनआरएनए कतारका निबर्तमान उपाध्यक्ष प्राविण गुरुङ, कार्यक्रमका प्रमुख सल्लाहाकार सागर नेपाल र कार्यक्रम व्यवस्थापक तथा व्यावसायी प्रकाश गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत कोइरालाले कतार मिनी नेपाल भन्दा फरक नपर्ने बताउदै नेपाल आइडलले देशमा मात्र नभएर विदेशमा पनि मन जित्न सफल भएको चर्चा गर्दै राजदुतावासको सेवा सुविधाको बारेका समेत सबैलाई प्रष्ट परेका थिए । कतारमा रहेका आम नेपालीहरुलाई कतारको हरेक कानुन लगायत धेरै कुरा फलो गर्न उन आग्रह गरेका थिए । उनले नेपालीहरुलाई कतारमा केही समस्या परेमा सिधै दुतावासको हटलाइन नम्बरमा कल गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल आइडलका प्रतियोगीहरु बुद्ध लामा, निशान भट्टाराई, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा प्रमिला राई केन्जल मेहर श्रेष्ठ, विल्शन श्रेष्ठ, सन्ध्या जोशी, मेनुका पौडेलले सांगेतिक प्रस्तुती समेत गरेका थिए ।

यसैगरि, तेरिया मगरको आकर्षक नृत्य, नारद खतिवाडा, मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको कमेडी र नलिना चित्रकारले गायनले कार्यक्रममा थप मनोरञ्जन प्रधान गरेको थियो ।

यसैगरि नेपाली बजारमा चर्चामा रहेको गित “सुन साईली” गीतलाई गायक हेमन्त रानाको आवाजमा दोहामा प्रत्यक्ष सुन्न÷देख्न पाउँदा उपस्थीति १३ हजार भन्दा बढी दर्शकले ४० कटेसी घर परिवारसगँ रमाउने सोचमा गीतको मज्जा लिईरहेका थिए ।

एभरेष्ट नेपाल युथ एशोसेसन र अनेक्स वान इन्टरनेशनलको आयोजनामा गरिएको नेपाल आइडलको ग्राण्ड फिनाले कार्यक्रम कतारको स्थानीय समय अनुसार बेलुकी करिब ७ बजेदेखि सुरुभएको थियो । कार्यक्रम संयोजक उत्तम गुरुङका अनुसार करिब १६ हजार टिकट बिक्री भएतापनि करिब १३ हजार बढी दर्शकहरुको उपस्थिती भएका थिए ।

कार्यक्रममा विजेताहरुलाई कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतले पुरस्करका प्रधान गरेका थिए । भने कार्यक्रमलाई सुशील नेपाल र रिमा बिश्वकर्माले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: