Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डलाई बाबुरामको जवाफ–अरुलाई हराउन नभइ जित्न चुनाव लड्न लागेको हुँ

गोरखा, असोज ७ । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अरुलाई हराउन नभई आफू जित्न चुनाब लड्न लागेको बताए छन ।

केहि दिन अघि पार्टी प्रशिक्षणमा गोरखा आएका माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले माक्र्सवादी छाडेका भट्टराईलाई हराउन माक्र्सवादी विचार वोकेका जुझारु ब्याक्तिलाई उठाउने भन्दै धुमाउरो शैलीमा नारायणकाजी श्रेष्ठलाई क्षेत्र नम्वर २ मा बावुरामलाईसँग उठाउने बताएका थिए ।

प्रचण्डको सोही भनाइको बाबुरामले आज गोरखाबाटै जवाफ फर्काएका छन् । ‘म अरुलाई हराउन होइन आफू जित्न चुनाव लड्न लागेको हुँ,’ संयोजक डा. भट्टराइले भने,‘प्रचण्डले मलाई हराउनुपर्छ भनेको सुनेँ, म उहाँलाई जवाफ दिन्छु मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो ।’

राम्रो प्रतिस्पर्धि भए क्षमता अभिबृद्धि हुने भन्दै भट्टराईले स्कुले जीवनका पूराना दौतरी उपेन्द्र देवकोटालाई सम्झिदै भने,‘ म विद्यालय तहमा हुँदा अहिलेको वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा दोस्रो म पहिलो थिएँ, उहाँ पहिलो हुने हो की भनेर म मेहनत गर्थे उहाँ पहिलो हुन मेहनेत गर्नुहुन्थ्यो, एसएलसीमा म वोर्ड फस्ट भए । उहाँको पनि राम्रो अंक आयो,’ भट्टराईले भने ।

आफूले उठाएको प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको पक्षमा प्रचण्ड पनि उभिएकोमा उनले प्रचण्डालाई धन्यवाद दिए । ‘मैले उठाएको मुद्धामा समर्थन गर्नुभयो धन्यवाद, फेरी कैले छाड्नुहुन्छ उहाँको ठेगान चाँहि हुँदैन,’ उनले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: