Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसको जुलुसमा एमालेको सांघातिक आक्रमण, ४ घाइते, ३३ हजार लुटियो

राजनीतिक हार पचाउन नसकी एमाले नेता तथा कार्यकर्ता गुण्डागर्दीमा उत्रिएका छन ।

रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार एमाले नेताहरूले नेपाली कांग्रेसका कार्यकर्ता कुटेका छन् ।

निर्वाचनको परिणाम स्वीकार गरेर राजनीतिक चरित्र प्रदर्शन गर्न नसकेका एमालेका उम्मेदवार तथा समर्थकहरूको व्यवहारको चौतर्फ़ी निन्दा गरिएको छ ।

विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् ।

निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । घाइतेको टाउकोमा चोट लागेको छ ।

सो नगरपालिकामा कांग्रेस विजयी भएपछि कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको हो । जारी मतगणनामा रौतहट जिल्लामै एमाले जितविहीन छ ।

कुटपिटमा संलग्नहरुले ३३ हजार रुपैयाँसमेत लुटेको मोहम्मद सैमुल्लाहले बताए । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेकोे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: