तारा तालको अस्तित्व संकटमा

कञ्चनपुर, असोज ८ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ।

तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो ।

राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन ।

याे पनि पढ्नुस  कामकाज रोकी आन्दोलनमा कर्मचारी

ताल पुरिने क्रमसँगै मुख्य आकर्षणका रूपमा रहेको कमलसमेत लोप हुन लागेको ताल नजिकैको क्षेत्रमा बस्दै आएका नरिभान ढुंगेलले बताए।

“ताल सुकेपछि कमलको जरा नै उखेलेर जंगली बँदेलले खाने गरेकाले कमल लोपोन्मुख अवस्थामा पुगेको छ”, उनले भने ।

भदौ, असोजका महिना तालमा ढकमक्क कमल फुलेको टाढैबाट देखिन्थ्यो तर आजभोलि ताल क्षेत्रमा बेसरम झारमात्रै देखिने गरेको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा तेस्रो लिङ्गी समुदायद्वारा रौटेला बृद्धआश्रममा न्यायो लुगा र फलफुल वितरण

तालमा बस्दै आएका रैथाने प्रजातिका जलपक्षी, गोही र विभिन्न प्रजातिका माछासमेत लोप हुने संघारमा पुगेका छन् ।

गोही, विभिन्न प्रजातिका माछा, सेतो प्रजातिको बकुल्ला र कालो हाँसको प्रमुख वासस्थानका रूपमा रहेको तारा तालमाथि अतिक्रमण हुन थालेपछि ती जलचर र पक्षीसमेत देखिन छाडेका छन् । तालको पूर्वतर्फको पूरै भाग पुरिएको छ । तालको डिल भत्किँदा खोलामा परिणत भएको छ ।

याे पनि पढ्नुस  वेदकोट नगरपालिकाद्वारा ५०० परिवारलाई राहत, ६२ लाई हेल्थ वास किट प्रदान

निकुञ्जले संरक्षणका लागि कार्य अगाडि नबढाउँदा तालको अस्तित्व नै लोप हुने संघारमा पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

दश बिगाहा क्षेत्रफलमा फैलिएको तालमा हाल एक बिगाहा क्षेत्रमा मात्रै पानी रहेको छ ।

कमेन्ट गर्नुहोस्