Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महेश्वरी पीठको मर्मत

भक्तपुर, असोज ८ । भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ।
नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधार अन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण, खँचा पोखरी मर्मत तथा सरसफाइ गरिएको छ ।

नगरपालिकाले बगैंचा निर्माणमा रु.नौ लाख ७८ हजार ९२२, खँचा पोखरी मर्मत तथा सरसफाइमा रु एक लाख १८ हजार १३० र महेश्वरीमा पानी निकास व्यवस्थापनमा रु ५० हजार ३०९ खर्च भएको महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले जानकारी दिए ।

सम्पदा संरक्षण निर्माण तथा मर्मतमा चासो दिँदै आएको नगरपालिकाले हराउँदै गएका सम्पदाको संरक्षणलाई तीव्रता दिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: