Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनकपुर उपमहानगरमा कांग्रेस भन्दा दोब्बर बढी मतले राजपा विजयी

धनुषा, असोज ८ । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ ।

राजपाका लालकिशोर साहले मेयर पदका लागि नेपाली कांग्रेसलाई झण्डै दोब्बर मतले बढी ल्याई विजय प्राप्त गरेको छ । साहले २१ हजार २ सय ७७ ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६ सय ३९ मत ल्याएका हुन् ।

त्यस्तै उपमेयरमा पनि राजपाकै रीता झा १६ हजार ६ सय १७ मत ल्याएर विजयी बनेकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी निलम कुमारी कर्णले १० हजार एक सय ९ मत ल्याईन् ।

उपमहानगरमा २५ वटा वडा रहेकोमा १२ वटामा राजपा, ७ मा कांग्रेस, दुई वटा वडामा एमाले तीनवटा वडामा संघीय समाजवादी फोरम नेपाल, एक वडामा स्वतन्त्र विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: