गृहमन्त्री शर्माले भने,‘राष्ट्र प्रमुख र पूर्व सांसदहरुलाई एउटै एउटै विधेयक ल्याउनु हुँदैन’

काठमाडौं, असोज ८ । सरकारले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले राष्ट्र प्रमुख जस्तो गरिमामय पदका लागि ल्याइएको विधेयकमा सांसदहरुलाई राख्ने कुुरा व्यवहारिक हुने बताएका हुन् । उनले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

याे पनि पढ्नुस  विमानस्थलमा गृहमन्त्री शर्मा राहत ढुवानी निरीक्षणमा व्यस्त

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा उहाँले ‘पूर्र्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्व सांसदहरुको सुविधाको व्यवस्था गर्न व्यवहारिक रुपमा नमिल्ने स्पष्ट पारे ।

राज्य व्यवस्था समिति अन्तगर्तको उपसमितिले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीकै मर्यादाक्रममा समेटन सुझाव दिएको छ ।

याे पनि पढ्नुस  ऊर्जामन्त्रीको प्रश्न-‘नेपालीलाई अधिकार दिनुहुन्न भन्ने कसरी राष्ट्रवादी ?’

गृहमन्त्री शर्माले नयाँ संविधानको ‘स्पिरिट’ अनुसार सरकारले यातना दिने तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण हुनेगरी कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्