महाशीला चक्रपथ निर्माण यसै वर्ष पूरा गर्ने तयारी

पर्वत, असोज ८ । पर्वत जिल्लाको महाशीला गाउँपालिकामा चक्रपथ निर्माण कार्य शुरु भएको छ ।

महाशीला गाउँपालिकाका सबै वडामा बाह्रैमास यातायातको सुविधा पु¥याउने उद्देश्यले चक्रपथ निर्माण शुरु गरिएको हो ।

गाउँपालिकाअन्तर्गतका साविकका छवटै गाविसलाई जोड्ने गरी चक्रपथ निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष नै उक्त चक्रपथ निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । सात मिटर चौडाइ हुने उक्त सडकको बाटो खोल्न यस वर्ष रु एक करोड ५० लाख विनियोजन गरिएको छ । महाशीला चक्रपथ फलामखानीको घण्टेबाट शुरु गरेर घन्तरी–लुुंखु–होश्राङदी–अर्घौदी–बालाकोट–नियाल्नी–बान्द्रे–सिम्ले हुँदै पुनः घण्टेमा लगेर जोडिने भएको छ । ग्रामीण क्षेत्रमा रहेको उक्त गाउँपालिकालाई व्यवस्थित गर्न र सडकको पहुँच प्रत्येक बस्ती र टोलसम्म पु¥याउन चक्रपथको अवधारणा अघि सारिएको हो ।

याे पनि पढ्नुस  सोच र विचारमा सफाइ भए मात्र देश विकास हुन्छ : प्रचण्ड

चालू आवभित्रमै बाटो खोलिसक्ने र आगामी वर्षदेखि स्तरोन्नति गरी पाँच वर्षभित्रमा कालोपत्रसमेत गर्ने लक्ष्य लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त सडकमध्ये केही ठाउँमा पूर्ववत् सडकलाई नै प्रयोग गरिने र सडक नभएका ठाउँमा सर्वसाधारणलाई पहुँच पुग्ने, छोटो हुने गरी नयाँ बाटो खोलिने भएको छ । साविकको सडकलाई समेत चौडा गरेर सात मिटर फराकिलो बनाइने भएको छ ।

उक्त योजना उक्त गाउँपालिकाको सबैभन्दा ठूलो योजना हो । अध्यक्ष पौडेलले भने, “सडकको पहुँच पुगेपछि मात्र अन्य विकास निर्माणले गति लिने भएकाले यसलाई प्राथमिकतामा राखिएको हो ।”

याे पनि पढ्नुस  सोच र विचारमा सफाइ भए मात्र देश विकास हुन्छ : प्रचण्ड

उक्त गाउँपालिकाका सबै वडामा सडकको सुविधा पुगे पनि हिउँदमा मात्र सवारी साधन पुग्ने गरेका छन् । वर्षायाम चार महिना भने स्थानीय सडक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ । गाउँपालिकाको दिगो विकासका लागि टुक्रे योजनामा बजेट विनियोजन नगरी सबै वडाका सबै घरधुरी लाभान्वित हुन् भनेर यो योजना छनोट गरिएको समेत पौडेलको भनाइ छ ।

अन्य स्थानीय तहमा वडा वडामा बजेट विनियोजन गरिएको छ तर, त्यसले समग्र विकासमा परिवर्तन देखिनेगरी काम गर्न सकिँदैन । एउटै योजनाले सबै वडा समेटिने र दिगोपनासमेत हुने भएकाले चक्रपथको योजनाप्रति सबै जनप्रतिनिधिले सहमति जनाएका हुन् ।

वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुनुपर्ने गाउँपालिकालाई बाह्रैमास यातायातको पहुँच पु¥याउन चक्रपथको योजना ल्याइएको महाशीला वडा नं ५ का वडाअध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार उक्त योजनालाई समयमै सम्पन्न गर्न सबै वडा अध्यक्ष प्रतिबद्ध भएर लाग्ने भएका छन् ।

याे पनि पढ्नुस  सोच र विचारमा सफाइ भए मात्र देश विकास हुन्छ : प्रचण्ड

सदरमुकाम कुश्मा बजारबाट झण्डै ४० किलोमिटर दूरीमा पर्ने महाशीलामा विसं २०५५ मै सडकको सुविधा पुगेको भए पनि कालोपत्र भने हुन सकेको छैन । स्याङ्जाको पञ्चमूल हुँदै महाशीला–५ लुंखुदेउरालीसम्म विसं २०५५ मै सडक सुविधा पुगेपछि अन्य वडामा विस्तार गरिएको थियो । उक्त स्थानबाट अहिले दैनिक तीन दर्जनसम्म सवारी साधन सञ्चालनमा आउँछन् । पोखरा–काठमाडौँ–नारायणगढ–बुटवलसम्म दैनिक बस सेवा सञ्चालन हुने सवारी चालक विनोद क्षेत्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्