Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नगर विकासमा राजनीति गर्नु हुन्न : मेयर दाहाल

भरतपुर, असोज ९ । महानगरको विकास र समृद्धिका लागि साझा एजेण्डा तय हुने मेयर रेनु दाहालले बताएकी छिन् ।
महानगरको बोर्ड बैठकलाई सम्बोधन गर्दै मेयर दाहालले नगरको विकासमा राजनीति गर्न नहुने बताएकी छिन् ।

सफा र हराभरा नगर बनाउने अभियानमा महानगरका जनप्रतिनिधि तगाएत महानगर बासी सबैको सहयोग आवस्यक भएको बताएकी छिन् ।

बैठकले सडन पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । ३५ वटा निर्णय गरेको महानगरले १६ वटा निर्णय सडकको पूर्वाधार तयारमा र १६ वटा निर्णय आयमुलक किसिमका भएको उल्लेख छ । महानगर भित्रको चक्रपथ निमार्णमा महानगरले बढि चासो दिएको छ ।

बैठकले नदि व्यवस्थापन, र सामाजिक सुरक्षा तथा सरसफाईलाई समेत प्रथामिकतामा राखेर काम गर्ने निर्णय गरेको बैठकमा सहभागि वडा अध्यक्ष ललितमान तामाङ्ले जानकारी दिए ।

बैठकमा महानगरले निर्माण गर्दै गरेको बृहत गुरुयोजना र यस अघि भएका निर्णयहरुलाई सिरोधर गर्दै बिकास निर्माणमा जुट्ने प्रतिबद्धता समेत जनप्रतिनिधीहरुले जनाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: