Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी राष्ट्रहरु जसलाई अमेरिका भ्रमणमा समेत रोक लगाइएको छ

असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका ८ वटा मुलुकलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको छ ।

उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलगायत विश्वका आठ मुलुकका नागरिकहरुले अमेरिका भ्रमणमा जान समेत नपाउने पाउँदैनन् ।

यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । आइतबार ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत सार्वजनिक गर्दै उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई समेत अमेरिका प्रलेशमा प्रतिवन्ध लगाएको हो ।

सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ ।

पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

यसअघि इरान, लिबिया, सोमालिया, सिरिया र यमनलाई अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएको थियो । उक्त ९० दिन पनि आइतबार नै सकिएको छ ।

सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ ।

अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन् ।

उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ ।
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाइएको छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ । उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: