Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पचली भैरव जात्रामा भक्तजनको भीड

काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली मन्दिरमा दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष आजको दिन उक्त स्थानमा पचली भैरव जात्रा लाग्ने हुँदा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट मेला भर्नेको घुइँचो लाग्ने गर्दछ ।

प्राचीन समयमा भैरव तिब्बतबाट नेपाल आउने क्रममा उक्त स्थानमा बास बसेको र स्थानीयवासीलाई आफ्नो दैवी शक्तिस्वरुपको रुप प्रकट गरी जमिनबाट विलय भएका कारण त्यसको स्मरणमा प्रत्येक वर्ष जात्रा निकाल्ने प्रचलन रहेको पचली भैरव संरक्षण समितिका कोषाध्यक्ष श्रीमिला सुवालले जानकारी दिए ।

जात्राको तयारीका क्रममा करिब एक साता अगाडि नै मन्दिरमा राखिएको घेम्पोलाई चित्रकारले विभिन्न श्रृगांरका सामग्री राखेर सजाएका थिए । पचली भैरवलाई खटजात्रा गरी भीमसेनस्थानस्थित थकालीका लगेर ल्याउने व्यवस्था छ ।

यहाँ आएर बास बसेर आजको जात्रामा सहभागी भएका छन् । सांस्कृतिक बजागाजासहित झाँकीसमेत जात्रामा प्रस्तुत गरिएको छ । त्यस क्षेत्रको संस्कृतिलाई नजिकबाट अध्ययन गरिरहेका राजनीतिज्ञ तीर्थराम डंगोलका अनुसार भैरव बास बसेको स्थानमा एकरात जागाराम बसेमा पारिवारिक शुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ ।

उनले कुनै सममा नेमुनि ऋषिले समेत सोही स्थानमा आएर तपस्या गरेको जानकारी गराए । मुलुकमा राष्ट्राध्यक्ष परिवर्तन भएपछि भैरवको खड्गसमेत साट्ने प्रचलन परापूर्वकालदेखि चलिआएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: