बुढीगण्डकी आयोजनाको समझदारी तत्काल खारेज गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं, असोज ९ । व्यवस्थापिका–संसद्को अर्थ र कृषि तथा जलस्रोत समितिले चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्ध समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार संयुक्तरुपमा बसेको समितिको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत आयोजना अगाडि बढाउन सरकारलाई निर्देशन दिएको हो।

याे पनि पढ्नुस  के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष : पम्फा भुसाल

मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयले विद्यमान नियम कानुन विपरित हतारमा बुढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना चिनियाँ कम्पनीलाई हचुवामा जिम्मा दिइएको ठहर गर्दै समितिले समझदारी खारेज तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको हो ।

गएको जेठ ९ गते मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि जेठ २१ गते तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले चिनियाँ कम्पनी गेजुवासँग बुढीगण्डकी आयोजनामा समझदारी गरेका थिए।

कमेन्ट गर्नुहोस्