Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्तर कोरियाको आरोप: ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडे

काठमाडौं, असोज १० । उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।

उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे ।

उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो ।

तर ह्वाइट हाउसले भने उत्तर कोरिकाको टिप्पणीलाई बकबास भनेको छ भने पेन्टागनले उक्साउने काम रोक्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले भने दुई मुलुकलाई वार्तामा जोड दिएका छन् ।

यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उन धेरै दिनसम्म नरहने चेतावनी दिएका थिए ।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षण पछि अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चरमस्थितिमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: