Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुई मन्त्री फिर्ता बोलाउने गच्छदारकाे तयारी

काठमाडौँ, असाेज १० । लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए ।

पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: