Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने प्रचण्डकाे घाेषणा

चितवन, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचन चितवन क्षेत्र नं. ३ बाट लड्ने प्रचण्डको घोषणा गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवन साखाले आज भरतपुर विमानस्थलमा गरेको कार्याक्रममा प्रचण्डले आउँदो चुनावमा आफु क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन । पार्टीको बैठकले गरेको निर्णय अनुसार आफु क्षेत्र नम्बर ३ बाटै उठ्न लागेको उनले जानकारी दिए ।

माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि प्रचण्डले बताए ।

प्रचण्डले चितवनबाट लड्ने घोषणा गरेपछि अरु दलका स्थानीय नेता र कार्यकर्ता समेत उत्साहित बनेका छन ।
दोश्रो संबिधान सभाको निर्वाचनमा अर्को क्षेत्रबाट जिते पनि सांसद र पछि प्रधानमन्त्री भएको बेला चितवनको बिकासमा प्रचण्डले उल्लेख्य भूमिका खेलेका कारण समेत उनीप्रतिको आकर्षण बढेको हो ।

स्थानीय तहको निर्वाचनमा चितवनका ३ वटा निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार ९३९ मतदाता रहेका थिए । यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार ८०३ जना मतदाता थिए ।

२४ राजनीतिक दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराए पनि मुख्य प्रतिष्पर्धा भने कांग्रेस, एमाले र माओवादीबीच नै हुने देखिन्छ ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेको प्रभाव केही देखिए पनि प्रचण्डले त्यहाँबाट उम्मेदवारी घोषणा गरे राप्रपाको अधिकांश मत प्रचण्डले पाउने चर्चा माडीमा सुनिन्छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: