पत्रकार उपचार कोषलाई ५१००० दिने घोषणा

बिर्तामोड, असोज १० । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । व्यवसायी तथा समाजसेवी गिरी कञ्चनजंघा क्रसर उद्योग तथा कञ्चन निर्माण सेवाका सञ्चालक हुन् ।

याे पनि पढ्नुस  पत्रकारहरु नगदले सम्मानित

पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले सहयोगको घोषणा गरेकोमा उनलाई धन्यवाद ज्ञापन गरे ।

उनी क्रसर व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्य, निर्माण व्यवसायी संघ झापाका सल्लाहकार र परिवार नियोजन संघ झापाको सचिव समेत रहेका छन् । पत्रकारहरु बिरामी, घाइते हुँदा चन्दा माग्नु नपरोस् भनी दिगो सोचका साथ कोष स्थापनाका लागि महासंघले सञ्चालन गरेको अभियानको गिरीले प्रशंसा गरेका छन् । उनले उक्त रकम दशैं लगत्तै हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  यी हुन शिक्षा पत्रकारिता पुरस्कार पाउने पत्रकार

सोमबार साँझ एक्सपर्ट एजुकेशन भिषा सर्भिसेज बिर्तामोड शाखाले आयोजना गरेको पत्रकारहरुसँगको शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथिको रुपमा उपस्थित गिरीले कोषलाई उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

हालसम्म ३० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए ।

पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।

याे पनि पढ्नुस  सदस्यता स्थानान्तरण विवादका कारण पत्रकार महासङ्घमा तालाबन्दी

पत्रकार महासंघले सहकारीसहित विभिन्न संघसंस्था तथा विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक पटकका लागि पत्रकार उपचारकोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।

महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्