बीरगञ्जका ताजा अपडेट, कसको कति

बीरगञ्ज, असोज १० । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । भने उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

अहिलेसम्म ७३ हजार ७२ मत गणना भएकोमा फोरमले प्रमुखमा १६ हजार ८ सय ४१ र उपप्रमुखमा १५ हजार ९ सय ७६ मत ल्याएको छ । फोरमलाई पछ्याइरहेको कांग्रेसले प्रमुखमा १५ हजार ५ सय ४० र उपप्रमुखमा १७ हजार ९ सय ५ मत ल्याएर पछि परेको छ ।

त्यस्तै राजपा नेपालले १० हजार ८१ र ८ हजार ८ सय ७५ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले प्रमुखमा ७ हजार ६ सय २१ र उपप्रमुखमा ४ हजार ६ सय ४३ मत ल्याएर चौथो स्थानमा रहेका छ ।

२ नं. प्रदेशमा गएको असोज २ गते भएको स्थानीय तह तेस्रो चरणको निर्वाचन भएको थियो । २ नं. प्रदेशको एक मात्र महानगरपालिका बीरगञ्जमा कांग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

तेस्रो चरणमा १३६ स्थानीय तहमा निर्वाचन भएकोमा १३३ तहाको नतिजा सार्वनिक भइसकेको छ ।

कमेन्ट गर्नुहोस्