Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकाएक किन अनशन स्थगित गरे डा. केसीले ? यस्तो रहेछ कारण

तीन दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीले दशैंका लागि १२औं अनशन स्थगित गरेका छन् ।

आज प्रेस विज्ञप्ती जारी गरी सबैको दशैं उल्लासयम रहोस भनेर अनशन स्थगित गरेको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “सत्याग्रह कार्यक्रम शुरु भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीहरुको प्रमुख चाड दशैं आएकाले देशभरका सहयोगी, समर्थक र शुभचिन्तक लगायत सबैको दशैं उल्लासमय रहोस् भन्ने आशयका साथ हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको घोषणा गर्दछु ।”

माथेमा आयोगको प्रतिवेदन अनुसार, चिकित्सा शिक्षा ऐन पारित गराउन १९ असोजदेखि पुनः अनशन बस्ने जनाएका छन् ।
“अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा प्रतिवेदन तथा हाम्रा सुझावहरु समेटेर सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य मागहरु पूरा गराउनका लागि यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम शुरु हुने पनि जानकारी गराउन चाहन्छु” डा.केसीले विज्ञप्तीमा भनेका छन् ।

संसदले ९ असोज माथेमा आयोगको प्रतिवेदन विपरित चिकित्सा शिक्षा ऐन पारित गर्ने कार्यसूचि तय गरेपछि डा.केसीले १२औं अनशन शुरु गरेका थिए ।

गणपुरक संख्या नपुगेपछि २० असोजसम्मका लागि संसद स्थगित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: