उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसीको व्यापार

काठमाडौं, असोज ११ । मासु उपभोगप्रति बढ्दो रुचीका कारण उपत्यकामा मासुको खपत बढ्दो छ । उपत्यकामा खपत हुनेमध्ये ६० प्रतिशत राँगाभैंसीको मासु रहेको छ ।

मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरमा गरी दैनिक एक हजार राँगाभैंसीको खपत हुन्छ । काठमाडौंमा मात्र दैनिक ६ सय जटा खपत हुन्छ ।

व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ ।

कमेन्ट गर्नुहोस्